काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पौडेल लामिछानेलाई भेट्न पुगेका हुन् ।
पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
पौडेल २० मिनेटभन्दा बढी कुराकानी गरेर निस्किएको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।