यूईएफए लिग : बायर्नसँग पिएसजीको हार



काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पीएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोलले पराजित भएको हो ।

बायर्नको जितमा पिएसजीकै पुर्व खेलाडी किङ्सले कोमानले ५३ औँ गरेको गोल नै निर्णायक बन्यो । ८२औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।


गएरातीको खेलमा मेस्सी र एम्बाप्पेले केहि उत्कृष्ट मुभ निकाले पनि गोल गर्न भने सकेनन् । पहिलो लेगको हारले अब पीएसजीलाई दोस्रो लेगमा जित्नैपर्ने दबाब बढेको छ ।