भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनामा आफ्नो बचाउ गरेका छन् ।
गत महिना अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले लेखा छली गरेको दाबी गरेपछि लगानीकर्ताहरूले अडानी समूहको करिब १२० अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमाएका छन् ।
प्रधानमन्त्रीको भारतीय जनता पार्टी र मोदीको राजनीतिक विरोधीहरूले अडानीको तीव्र उदयलाई उक्साउन प्रधानमन्त्रीको हात रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीसँगको निकटस्तताका कारण अर्बपति उद्योगीलाई अनुचित तरिकाले ठेक्का पाउन र उचित नियामक निरीक्षणबाट बच्न छुट भएको आरोप विपक्षी नेताले लगाउने गरेका छन् ।
मोदीले अडानी समूहमाथिको सम्बन्धबारे संसदमा केही नबोलेपनि आफुमाथि लागेका आरोपहरूबारे भारतीय जनताले बुझेको बताए ।
उनले सरकारले निष्ठाका साथ काम गरेको बताए । विपक्षी भारतीय काङ्ग्रेसका नेता गान्धीले हालै मोदीसँग अडानीको घनिष्ठ सम्बन्धका कारण ‘उहाँको व्यवसायको व्यापक विकास र विस्तार’ भएको बताएका थिए ।
६० वर्षीय अडानी गत महिनासम्म एसियाका सबैभन्दा धनी व्यक्ति थिए । तर शेयर बजारको उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा नाटकीय प्रभाव पारेको छ ।