प्रधानमन्त्रीलाई रविकाे फोन- चन्द्र भण्डारी र आमाको उपचारमा कुनै कमी नहोस्



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सभापति लामिभछानेले बुधबार राति खाना पकाउने ग्यास पड्किएर गम्भीर घाइते भएका सांसद भण्डारीका आमाछोरोको उपचारमा कुनै कमि हुन नदिन आग्रह गरेका हुन् ।


‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्रीज्यूलाई पनि विनम्र अनुरोध गरेको छु,’ लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् ।

घाइते आमाछोराको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ भने थप उपचारका लागि भारत लाने तयारी गरिएको छ ।