काठमाडौँ । सरकारले पेट्रोलियम अन्वेषणका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय भएको हो ।