ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनसम्म धक्का



चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सीमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ ।