काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आज आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा बालुवाटारमा चार दल (कांग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका विषयमा पार्टीको कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।
जसपाले उपराष्ट्रपति पाउने लगभग निश्चित भएको र त्यसको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । यसैगरी आजको बैठकमा शक्ति बाँडफाँटको विषयमा पनि छलफल हुने जनाइएको छ ।