एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० फागुनमा



काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको आइतवार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

प्रवक्ता खतिवडाले भने, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुन महिनामा जिल्लाहरुले गर्दै, त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुले आफ्नो कमिटी गठन पूनर्गठन गरिसक्नेछन् । आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौं भन्ने हामीले कार्ययोजना दिएका छौं।’