इन्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ ।
जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार र सडकहरूका साथै १६ भन्दा बढी उपजिल्लाका घरहरू डुबानमा पारेको छ जसका कारण लगभग २२ हजार बासिन्दाहरू प्रभावित भएका छन् । यद्यपि बाढीबाट हताहतीको विवरण भने आएको छैन । तर सम्भावित जोखिमका कारण झण्डै चार हजार बाढीपीडितलाई त्रिपाल टाँगेर उच्च स्थानमा सारिएको छ ।
स्थानीय अधिकारीहरूले सङ्कटमा परेका स्थानीय जनताहरूलाई सहयोग गर्न लागिपरिरहेको र उद्धार कार्य एवं आपतकालीन राहत कार्यहरूलाई पनि तीव्रता दिएको जनाएका छन् । इन्डोनेसिया अझै वर्षाको मौसम जारी छ ।यहाँ प्रायः बाढी र पहिरोबाट जोखिम र धनजनको क्षति हुने गरेको छ ।