स्पट फिक्सिङ आरोपी तीनै जनालाई धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौँ । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजालसले पूर्वक्रिकेटर महबुब आलम, राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र नितेस गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।


५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।