सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने



कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आफ्नो पार्टीले राखेको माग पुरा नभएको भन्दै भोली हुने विश्वासको मतको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।


राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि माघ (२५ गते) प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

नगरिक उन्मुक्ति पार्टीले विस्वासको मत नदिने अडान सँगै सुदुपश्चिम सरकार संकटमा परेको छ । लामो समयदेखि सहमति गर्न पहल गरेपनि सरकारले पार्टीले राखेको माग पुरा गर्न नसक्दा रावल नेतृत्वको प्रदेश सरकारको भविश्य अन्योल बनेको छ ।