सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेका लागि सारियो



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन घण्टा पछि सारिएको छ । आज (बिहीबार) दिउँसो १ बजे तय भएको बैठक ३ घण्टापछिका लागि सारिएको हो ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् ।