काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक नेता रेशम चौधरीबीच भेटवार्ता भएको छ । आइतबार मुख्यमन्त्री शाहले काठमाडौंको डिल्लीबजार कारागार पुगेर चौधरीलाई भेटेका हुन् ।
एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेपछि शुक्रबार शाह मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ । उनलाई विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टीको मत आवश्यक पर्छ ।
रेशम चौधरीसँग भेटघाटलाई उनल सामान्य भेटघाट मात्र भएको बताएका छन् । तर, नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत मुख्यमन्त्री शाहको विश्वास छ ।