सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा र सभामुख घिमिरे अस्पतालमा



काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

बिहीबार बिहान अस्पताल पुग्नु भएका देउवाले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैबीच, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।


सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग भण्डारीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका छन् । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनीहरुलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।