पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।
बिहीबार राति जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा आपसिमा दुई वटा सवारी साधन ठोक्किन पुगेका थिए ।
सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरित तर्फबाट आएको एक सवारीले जिपलाई ठक्कर दिएको थियो ।
यो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।