सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता



काठमाडौँ । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिई सरबारबाट बाहिरिने निर्णय गरेको हो ।

परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको राप्रपाले निष्कर्ष निकालेको छ ।