सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको विरोधमा क्यानविरुद्ध माइतीघरमा प्रदर्शन



काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको विरोधमा आज (शनिबार) माइतीघरमा प्रदर्शन गरिएको छ ।

बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दे नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।उनीहरुले माइतीघरमा सन्दिप र क्यानविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।


शनिबार क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजना प्रदर्शनमा युवाहरू सहभागी भएका थिए ।  प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ । 

क्यfनले सन्दीप लामिछानेलाई बिहीबार राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको थियो । आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो ।

यसअघि सन्दीप लामिछाने बाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो । बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिएको हो ।