काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको आज पेशी तोकिएको छ । उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले विदेशमा खेल्न पाउनुपर्ने भन्दै सन्दीपले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सो मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा छ। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।
धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।