काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् ।
पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन् ।
पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताए ।