विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ



काठमाडौँ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्युरोलेको टोलीले नियन्त्रणमा लिएको हो ।


उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।