कतारको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन गराउने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका लागि आफ्नो प्रतिष्ठा बढाउन महत्वपूर्ण रहेको पर्यटन विभाग प्रमुखले बताएका छन् ।
हमाद अन्तराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।
पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको बताएका छन् ।
‘यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,’ मन्त्री बेकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ भने ।
यहाँ अन्तराष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरिएका छन् ।
उनले भने,’यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन । हामी आशा गरौँ यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं।’
कतारले यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने क्षमताका साथ विस्तार गर्दैछ।