लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ



दाङ । जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।