काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक भोलि ११ः३० मा फेरि बस्ने गरी आज राति ११ बजे बिना निर्णय सकिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा नेताहरुले छलफल गरेका थिए । सरकार छाडने वा नछाडने भन्ने लगायतका विषयमा ठोस निर्णय नगरी बैठक भोलिसम्मका लागि स्थागित गरिएको वैठकपछि नेताहरुले जानकारी दिए ।
बैठकमा राष्ट्रपतिको निर्वाचन, उप निर्वाचन लगायतका विषयमा पनि नेताहरुले आआफ्नो धारणा राखेका थिए । केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त वैठकमा पार्टी सभापति रवि लामिछानेले पछिल्लो परिस्थितिको बारेमा जानकारी गराएका थिए ।
भोलिको वैठकले पार्टी सरकारमा रहने की नरहने र गृहमन्त्रालय नपाए के गर्ने भन्ने लगायतका विाषयमा ठोस निर्णय गर्ने जनाईएको छ ।
गृहको बदला अरु मन्त्रालय रोजेर लिन तथा सत्ता गठबन्धन र सरकारबाट बाहिर नजान प्रधानमन्त्री प्रचण्डले रास्वपालाई आग्रह गर्दै आएका छन ।
आजै बिहान उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा नेकपा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड वीच पनि रास्वपालाई सत्तागठबन्धनमा राख्ने र सरकार छाडन नदिने उपायका बारेमा छलफल भएको थियो ।