राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बालुवाटारमा चार दल छलफलमा



काठमाडौँ । नेपाली कांग्रेससहित चार दलका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको वार्ता सकिएलगत्तै चार दलका नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।

छलफलका लागि प्रधानमन्त्रीसहित माओवादीका शीर्ष नेता, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता बालुवाटार पुगेका हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहमतिका लागि नेताहरु छलफलमा जुटेका हुन् ।


बिहान भएको वार्तामा पार्टीमा आन्तरिक छलफल गरी बेलुकी बस्ने सहमति भएको थियो । गत मंसिर ४ को निर्वाचनअघि गठबन्धनमा रहेका चार दल राष्ट्रपति निर्वाचनमा फेरि गठबन्धन बनाउन लागेका हुन् ।

बिहान भएको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले साँझको बैठकबाट साझा उम्मेदवार तय गर्ने बताएका थिए । राष्ट्रपति निर्वाचनअन्तर्गत शनिबार मनोनयन दर्ताको समय छ । तर कुनै दलले पनि उम्मेदवारको गरेका छैनन् ।