राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको‍ निर्णय



काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकको राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुनेछ ।