काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेकी हुन् ।
राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले शनिबार राजीनामा बुझाएका थिए ।