विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो ।
विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था नभएको बताए । ‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।’
प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा उनले यसमा पूर्णपाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ? उनले भने ।