काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले रोस्ट्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । ओलीले असम्बन्धित व्यक्तिले रविविरुद्ध निवेदन दिएको आरोप लगाएका छन् ।
उनले भने, ‘अदालतको काम न्याय दिने हो, तर यसमा कसले न्याय पायो, कसलाई मर्का प¥यो । त्यति बुझिएन । राज्यले नागरिकलाई संरक्षण गर्नुपर्छ । त्यो नागरिकले राज्य, कानुन र संविधान मिच्ने काम ग¥यो भने ती नागरिकलाई रोक्नुपर्छ । तर, यो मुद्दामा कसैलाई मर्का परेको देखिँदैन । प्रक्रियागत त्रुटि हो ।’