काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?