कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आज (बुधबार) को बैठक स्थगित भएको छ । नागरिक उन्मुक्तिका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले बिहीबारका लागि बैठक सार्न प्रदेशसभा सचिवालयमा अनुरोध गरेका हुन् ।
मुख्यमन्त्रीको आग्रहमा आज निर्धारित बेठक स्थगित गरेर भोलि १ बजेका लागि राखिएको प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । बुधबार बिहानसम्म सो पार्टीका सांसद काठमाडौंमै रहेका छन् । मंगलबार उनीहरूले मत नदिने अडान दोहोर्याएका थिए ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । बिहीबारभित्र विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् ।
रावलले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए भएपपछि सरकार ढल्ने निश्चित भएको थियो ।
सुदूरपश्चित प्रदेशसभा ५३ सदस्यीय रहेको छ । रावललाई विश्वासाको मत पाउँदै सरकार चलाउनका लागि महुमत अर्थात २७ मत आवश्यक हुन्छ । तर, नागरिक उन्मुक्तिले मत नदिएको खण्डमा मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन ।
सुदूरपश्चिममा हाल सत्तारुढ दलहरु एमालेका १०, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ प्रदेशसभा सदस्य छन् ।