माओवादी प्रदेश समन्वय समितिको बैठक आजदेखि



काठमाडौँ । नेकपा माओवादीको प्रदेश समन्वय समितिको बैठक आजदेखि सुरु हुने भएको छ ।

आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो । जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेशमा २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएको छ ।


मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन् ।