माओवादी नेताहरूको तोकियो वरीयता, को कति नम्बरमा ? (सूचीसहित)



काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशनको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता तोकेको छ ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले पहिलेकै वरीयतालाई यसपालि पनि निरन्तरता दिएर सूची तयार पारिएको जानकारी दिए । माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउनेसम्मका निर्णय लिएको थियो ।


पार्टीमा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् । त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।
हेर्नुस् वरीयता सूची

त्यस्तै सर्कुलरमा विचार मिल्ने पार्टीहरुसँग एकताका लागि वार्ता अगाडि बढिरहेको समेत जानकारी दिइएको छ ।