माओवादीको स्थायी समिति बैठक सुरु



काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहि बेरअघि सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।


यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ । रास्वपाले गृह मन्त्रालय नपाए बिहीबार नै सरकार छाडने संकेत गरेपछि यसअघि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।