माओवादीको केन्द्रीय समिति बैठक भर्चुअलरुपमा बस्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

आज साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।


बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उनले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए । माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् ।