महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन



दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको हो । ७९ वर्षीया गुरुङ उच्च रक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।