बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ बसन्ता जङ्गलमा लु २ ख २०८४ नम्बरको सेतो रङको फोर्स गाडीमा आज बिहान करिब २ बजे आगजनी गराई फरार भएका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–२ गङ्गापटुवाका रामु चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
उक्त गाडी गत माघ २० गते बिग्रिएकाले मर्मतका लागि ग्यारेजमा लगिएको थियो । मर्मत गर्न बढी रकम लाग्ने हुँदा बीमाको रकम दाबी गर्ने मनसायले जिपलाई एकान्तको जङ्गलमा लगी डिजेल छर्केर आगजनी गरेको खुल्न आएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।