काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले १३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
तर, कसलाई उम्मेदवार बनाउने भन्नेविषयमा दलहरुबीच सहमति हुन सकेको छैन । आजको छलफलमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा ठोस निर्णय लिइने बताइएको छ ।