काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । छलफलमा दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सो क्रममा प्रधानमन्त्रीले संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिनेछन् ।