प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज (मंगलबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।