काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् ।
उनी फागुन १ गतेदेखि परराष्ट्र सल्लाहकारमा नियुक्त भएका हुन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले काम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपकले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन्।
अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए।