प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भएको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।

छलफल राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा केन्द्रीत हुने बताइएको छ ।
सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन ।

प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।