पूर्वी टर्कीमा पुनः भूकम्प



पूर्वी टर्कीमा सोमबार पुनः भूकम्प गएको छ । सोमबार टर्कीमा ५.६ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि गएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले फेरि अर्को धक्का ब्यहोरेको छ ।


पछिल्लो भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको जनाइएको छ । यहाँ यसअघि नै फेब्रुअरी ६ मा पनि शक्तिशाली भूकम्प गएको थियो ।

यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ।

फेब्रुअरी २० मा दक्षिणी टर्कीको हाते प्रान्तमा गएको अर्को भूकम्पमा छ जनाको ज्यान गएको थियो ।