पुरानो पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौँ । निर्वाचन अगाडिको पाँच दलीय गठबन्धन दलको बैठक अहिले बालुवाटारमा चलिरहेको छ । प्रधानमन्त्री निवासमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।


यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी छन् । बैठकमा राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्यूँताउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि बिहीबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको तीन दलको बैठकले कांग्रेससँग छलफलल गर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार शुक्रबार बिहानै पूर्व गठबन्धनका नेता निर्णायक छलफलमा जुटेका हुन् । राष्ट्रपति निर्वाचनको मुखकैमा भएको यो छलफललाई राजनीतिक वृत्तमा चासो र महत्वका साथ हेरिएको छ ।