पर्सामा भालुको आक्रमणबाट दम्पती घाइते



पर्सा । पर्साको ठोरीमा शुक्रबार भालुको आक्रमणबाट दम्पती घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ र उनकी श्रीमती सुकमाया तामाङ छन् ।

जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलाल समेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए ।


भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ । घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।