नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै ओलीले पठाए माधव नेपाललाई पत्र



काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।

एमाले संसदीय दलको बैठकबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा (एस)लाई नेकपा एमालेले पत्राचार गरको हो ।


नेम्वाङलाई समर्थन दिन संसद्‌मा रहेका राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।