एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिएका छन् ।
मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७।८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिणी टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।युनले आफ्ना प्रमुख कर्मचारी र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई टर्कीका लागि आपतकालीन सहायता उपायहरू तयार गर्न निर्देशन दिएका छन् ।
टर्कीमा उद्धारकर्मी र चिकित्सा आपूर्तिहरू पठाउन जरुरी भएको पनि उनले बताएका छन् । अप्ठ्यारोमा परेको टर्कीलाई दक्षिण कोरियाले सहयोग गर्नु स्वाभाविक हुने बताउँदै ठूलो मात्रामा जनधनको क्षति भएको भूकम्पलाई एउटा देशको विपद्भन्दा पनि अन्तर्राष्ट्रिय विपद्का रूपमा हेर्नुपर्ने उनले बताएका छन् ।
प्रेस मामिलाका वरिष्ठ राष्ट्रपतिका सचिव किम युन हेले पत्रकारहरूलाई भने कि देशको अन्तर्राष्ट्रिय उद्धार टोलीका करिब ६० सदस्य टर्कीमा पठाइनेछ । किमले भने कि राष्ट्रपतिले सम्बन्धित मन्त्रालयहरूलाई उद्धारकर्मीहरू छिटो पठाउन आदेश दिएका छन् ।