झलनाथ खनाल ढाका प्रस्थान



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।

सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुने मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल आज दिउँसो विमान बंगलादेश एयरलाइन्सबाट ढाका प्रस्थान गरेका हुन् ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ, केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि ढाकातर्फ लागेका छन् ।

खनालले भोलि ढाकास्थित सर्वोच्च अदालत परिषरमा आयोजित मानव अधिकार सम्मेलन २०२३ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् ।

यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग उनको शिष्टाचार भेट र अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको खनालको सचिवालयले जनाएको छ ।