चुनावअघिको गठबन्धनको बैठक बस्दै



काठमाडौँ । चुनावअघि कायम रहेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको छ ।

राष्ट्रपतिको निर्वाचन सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज चार दलका नेताहरू बस्न लागेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक बोलाइएको हो ।


नेकपा एकीकृत सजमावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आजै चार दलका नेताको बैठक बोलाइएको जानकारी दिए । बैठक साँझ ६ बजे बस्ने बताइएको छ ।

पुरानो गठबन्धको बैठअघि प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुनेछ । त्यसपछि चार दलका शीर्ष नेताहरुको बैठक बस्नेछ ।