काठमाडौँ । आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीचको वार्तामा सहमति भएको छ । आइतबार बिहान भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएसँगै चिकित्सक संघले आन्दोलन स्थगित गरेका छन् ।
राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै शुक्रबार प्रहरीले वीर अस्पतालका चिकित्सकलाई कुटपिट गरेपछि चिकित्सक संघले आन्दोलित भएको थियो ।
चिकित्सक संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेको थियो । चिकित्सकहरुको आन्दोलनसँगै देशभरका बिरामी प्रभावित भएका थिए ।