तनहुँको बन्दीपुर गाउँपालिका–१ का अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै जनप्रतिनिधि । वडा कार्यालयले सात जना अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकको बैंक खातामा सामाजिक सुरक्षा भत्ता हालिदिंदा झिक्न जान हिंड्नु पर्ने, स्वास्थ्यले साथ नदिनेलगायतका समस्या भएपछि घरैमा भत्ता पुर्याउन थालिएको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस